काठमाण्डौ – साताको दोस्रो दिन नेप्सेमा ठुलो अंकको गिरावट आएको छ । करिव ३४ अंकले घटेको बजारमा कारोबार रकम भने ८ अर्व माथी पुगेको छ ।
नेप्से घटेर आज २६ सय ६ विन्दुमा पुगेर बजार बन्द भएको छ । बजार घटेको तुलनामा कारोबार रकम भने सामान्य भएको छ ।
आज बजारमा २ सय ७ कम्पनीको शेयर कारोबार भएको छ भने २९ कम्पनीहरुको मात्र शेयर मूल्य बढ्को छ । त्यस्तै १३९ कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
एनआईसी एसिया बैकको सबै भन्दा धेरै कारोबार हुँदा करिव ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्सेका अधिकांस सूचकमा रातो पोतिएको छ भने जलविद्युतका लगानीकर्ताहरुको आज सबै भन्दा धेरै कमाएका छन ।