काठमाण्डौ । साताको दोस्रो दिन नेप्से प्रि ओपनिङ सेसनमा २५ अंक भन्दा धेरैले बढेको छ ।
योसँगै बजार २६ सय ६६ विन्दुमा पुगेको छ । यो सेसनमा आज ५९ कम्पनीको कारोबार भएकोमा २ करोड ५९ लाख भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यतावत रहेको छ ।
आज पनि नेपाल पुर्वाधार बैकको शेयर सबै भन्दा धेरै कारोबार भएको छ भने यो कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।