काठमाण्डौ – पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गर्नेक्रम तिव्र पारिरहेका छन । प्रत्यक हप्ता जसो नयाँ शेयर निष्कासन नभइरहेका छन ।
यसै विच ज्योति लाइफ इन्स्योरेन्सले पनि आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलै आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
यस संगै अब कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्ने छ। आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। कम्पनीले मङ्सिर १९ गते आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
अब कम्पनीले चाँडैनै प्राथमिक शेयर निष्कासन गर्ने छ ।