काठमाण्डौ । साताको पहिलो दिने नेप्से करिव ४ अंकले बढेर २६ सय ४० विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेप्से सामान्य बढे पनि आज कारोबार भएका २ सय ६ कम्पनीहरुमा अधिकांसको शेयर मूल्य घटेको छ । ६७ कम्पनीहरुको शेयर मूल्य बढ्दा १ सय ३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज कारोबार भएका ७ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ भने निफ्राको लगातार दोस्रो हप्तामा पनि शेयर मूल्य बृद्धि भएको छ । नेपाल बैकको सबै भन्दा धेरै कारोबार हुँदा आज भने लगानीकर्ताहरु बैक र जलविद्युतमा आकर्षित भएको देखियो ।
आज नेप्सेका अधिकांस उपसूचकहरुमा रातो पोतिएको छ ।