काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँ, तेजावीको ८७ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ, तेजावी ८८ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ महिनाको २५ गते छापावाला सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ, तेजावी ८६ हजार ९६० रुपैयाँ र चाँदी ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपश्चात बढेर केहि महिना अघि १ लाख नाघेको सुनको को मूल्य आज ९ महिना यताकै सस्तो मूल्यमा झरेको हो ।