काठमाण्डौ । बलत्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको शव परिवारले बुझेको छ ।
उनको ज्यान गएको १७ दिन पछि परिवारले शव बुझेको हो भने उनको आजै दाहसंस्कार गर्न लागिएको छ । गत बुधबार प्रहरीेले बलात्कार र हत्या आरोपमा उनका छिमेकी दिने भट्टलाई सार्वजनिक गरेको थियो । परिवारले हत्यारा पत्ता नलागे सम्म शव नबुझ्ने अडान लिएको थियो ।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो ।
बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।
अहिले भागरथीको शव यात्रा सहित दाहासंस्कार गर्न घाटतर्फ लागिएको छ ।