काठमाडौं– ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता आज १० बजे बाट बाँडफाँड हुने भएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार आज बाँडफाँड गरिन लागेको हो ।
आज बाँडफाँड भएको शेयरको अर्को साता दोर्सो बजारमा कारोबारमा आउने छ ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिन्थ्यो ।