काठमाडौ – यो वर्ष अजोड इन्स्योरेन्सका लगानी कर्ताले कुनै कुनै बोनस नपाउने भएका भएका छन् ।
कम्पनिको आर्थिक वर्ष २०७६/७७ को कमाईबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको ८४ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो ।
सञ्चालक समितिको ८४ औं बैठकले कम्पनीको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको र शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए ।