आफ्नै साथीले बद्ला लिन भागरथीको बलत्कार र हत्या गरेको स्वीकारे,आज सार्बजनिक गर्ने तयारी

काठमाण्डौ – बैतडीको बलत्कार र हत्या काण्डको अपराधी पक्राउ गर्ने नेपाल प्रहरी सफल भएको छ ।

हत्या भएको १४ दिनमा प्रहरीले अपराधीलाई समाउन सफल भएको हो । उनको हत्यामा आफ्नै स्कूलका कक्षा ११ पढ्ने दिनेश भट्टको हात रहेको प्रहरीको भनाइ छ । भट्टले अपराध समेत स्वीकारेका छन् ।

उनले आफूले बद्ला दिन यसो गरेको भन्ने प्रतिक्रिया समेत दिएका छन् । प्रहरीले सम्पूर्ण प्रमाण सहित आज अपराधीलाई सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट त्यही ११ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

प्रतिक्रिया