फेरी डिजेल, पेट्रोलको भाउ बढ्यो

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

मूल्य बढे पछि पेट्रोलको भाउ प्रति लिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ लिटरको ६७ रुपैयाँ पुगेको छ ।
निगमले यस अघि माघ २८ गते र पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनबाट १५–१५ दिनमा आउने मूल्यका आधारमा मूल्य समायोजन गर्ने गरेको छ ।

प्रतिक्रिया