सपना रोकालाई धम्की दिने विजय पक्राउ

काठमाडौ – सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । उनले सपनालाई धम्काएको उजुरी परेको थियो ।

बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

प्रतिक्रिया