• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको पहिलो दिन नेप्सेमा पहिरो,कारोबार रकम भने सात अर्व नजिक

काठमाण्डौ । साताको पहिलो दिन नेप्सेमा पहिरो गएको छ । आज नेप्से करिव ३५ अंकले घटेर २४ सय ९२ अंकमा आएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक रहेको छ । आज करिव ७ अर्व बराबरको कारोबार भएको छ ।

आज शेयर बजारमा २ सय २ कम्पनीहरुको शेयर कारोबार भएको छ । ५८ हजार २ सय १ पटक १४ करोड ८२ लाख भन्दा धेरै शेयरको किनबेच भएको छ । आज नेको इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा नेफ्रा बैकको सबै भन्दा शेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज सर्पोट माईक्रो फाइनान्स र स्वाभिमान लघुवित्तको सबै भन्दा धेरै शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया