धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंककाे काराेबार प्रतिकित्ता ३४० रुपैयाँमा भएकाे छ । बैंककाे १० कित्ता शेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।
बिहीबार बैंककाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।बैंककाे आइपिओलाई शेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ ।