जापानमा शक्तिशाली भूकम्प

काठमाण्डौ – जापानमा शनिबार बेलुकी 8 बजे शक्तिशाली भूकंप गएको छ । जापानको फुकुसिमा मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

जापानमा रहेका कलाकार दीपक कडेलले दिएको जानकारी अनुसार जापानको ५ वर्षे बसाईको सबैभन्दा ठूलो झड्का महसूस भएको छ ।

जापानी सरकारी टेलिभिजनले समेत भूकम्प गएको भिडियो सार्वजनिक गरेको छ । कम्पनको तिब्रता 7.1 रेक्टर स्केल रहेको NHK ले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया