आइपीओमा २ अर्बको आवेदन,आवेदन दिने १४ लाखको हात खाली हुने

काठमाण्डौ । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०।१० गुणा बढी आवेदन हो । 
 
 हिमालयन हाइड्रोपावरको आइपीओ भाग्य हुनेले मात्र पाउने भएका छन ।  मागभन्दा १०।१० गुणा बढी आवेदन परेपछि धेरैको हात खाली हुने भएको हो । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ । 
 
कम्पनीले असार १५ गतेबाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५५ अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ चैत १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ चैत १४ गतेसम्म बहाल रहन्छ । 
 

प्रतिक्रिया