• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

रोक्का गरिएका मध्ये ७ कम्पनीको शेयर आजबाट फुकुवा

काठमाण्डौ । नेप्सेले यसअधि वित्तय विवरण नबुझाएको भन्दै कारोबार रोक्का गरेका मध्य ७ कम्पनीको शेयर कारोबार आजबाट फुकुवा गरेको छ ।

शेयर कारोबार फुकुवा हुनेमा कर्णाली डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, पांचथर पावर कम्पनी, राधि विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो पावर र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गरेको हो ।

शेयर रोक्का भएका कम्पनीहरुले विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले १३ कम्पनीको कारोबार रोक्का राखेकोमा अन्यको भने फुकुवा हुन बाँकि छ । नेप्सेले एक साथ ११ र त्यस अघि २ गरि कुल १३ कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधि वियुत कम्पनी, युनिभर्सल पावर कम्पनी , रैराङ हाइड्रो, युनियन हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, र नेशनल माइकोफाइनान्सको कारोबार रोक्का गरेको थियो । यस अघि विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

प्रतिक्रिया