काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५,७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश तथा शेयर टुक्राउने प्रस्ताव पारित गरेको छ ।
बुधबार वीरगञ्जलमा सम्पन्न संस्थाको बिसौं बार्षिक साधारण सभाले सो प्रस्तावहरु छलफल सहित पारित गरेको हो ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको शेयरलाई ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव साधारणसभाबाट पारित भएपनी सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट प्रस्तावित ५१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले ३१ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव राखेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेको थियो । यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नेछन्।