काठमाण्डौ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको बैठकले उनलाई सीईओमा चयन गरेको हो ।
शर्माले तीन दशक भन्दा लामो समय बैंक तथा वित्तिय क्षेत्रमा विताईसकेका छन । शर्माले आजैदेखि आफ्नो कार्यभार समेत सम्हालिसकेका छन ।
यसअघि शर्मा माछापुच्छ्रे बैंकको सिइओ थिए । उनले माछापुच्छ्रे बैंकबाट २०७६ फागुनमा राजीनामा दिएका थिए ।
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभूषण ९२०५४०, महेन्द्र विद्याभूषण ९२०६२०, तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट पनि सम्मानित भएका छन् ।