काठमाडौं–नेपाली समाज पितृसत्तात्मक छ । छोरा, छोरी बराबरी भन्दै समानताको नारा लगाए पनि छोरीसहित छोरा जन्माउन खोज्ने प्रचलन जीवितै छ । छोरा पाउने आशमा खोटाङ, लामिडाँडाका विदुर भट्टराई दम्पत्तिले ६ छोरी जन्माए । सरकारी सेवा गरेका विदुर दम्पत्तिलाई अहिले छोरीले खुशी तुल्याएका छन् । भट्टराई दम्पत्ति यस्तो भाग्यमानी बाबुआमा बनेका छन् । जसका ६ छोरीनै सरकारी जागिरे छन् । नेपाली समाजमा सरकारी जागिरेलाई हेर्ने दृष्टिकोणनै फरक छ । सम्मानको दृष्टिकोणले हेरिन्छ । किनकी सरकारी जागिरमा नाम,दाम र सम्मान छ ।
भट्टराई दम्पत्तिका छोरीहरु पढाईमा अब्बल भएकाले उपसचिवदेखि सुब्बासम्मको सरकारी जागिरमा नाम निकाल्न सफल भएका हुन् । छ छोरीका पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् ।
तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुरले सामाजिक दबाबले ६ छोरी जन्म दिए पनि अहिले प्रफुल्ल छन् । अहिले भने उनीहरु छोराछोरीबीच खासै विभेद देख्दैनन् । विदुरका दम्पत्ति आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेकाले सबै छोरी बाबुआमाका प्रेरणाले सरकारी सेवामा प्रवेश गरेका हुन् ।
पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ बहिनी निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।
घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् । सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् ।
विष्णुकुमारी भट्टराई (जेठी) पाँचखाल नगरपालिका काभेपलान्चोकको प्रमुख कार्यकारी अधिकृत छन् । विन्दा आचार्य (माइली) उपसचिव, रमा भट्टराई (साइँली) ः उपसचिव, रेनु भट्टराई (काइँली) ः शाखा अधिकृत, अनु भट्टराई (राइँली) ः नेपाल एयरलाइन्समा अकाउन्टेन्ट,जुनु भट्टराई (कान्छी) ः सुब्बा छिन् ।