बोनस शेयर वितरण विवादले नेपाल बैंकका अध्यक्षद्वारा राजिनामा

काठमाडौं¬वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षबाट राजिनामा दिएका छन् । अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । लाभांश विवादको कारण अधिकारीले दिएको राजिनामा सोमबार अर्थमन्त्री विष्णु पौडेलले स्वीकृत गरेका हुन् ।

नेपाल बैंकको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार कूल १६ प्रतिशत लाभांस (१२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांस) पारित गरेको थियो । तर अर्थ मन्त्रालयले पूर्वसहमतिविपरीत लाभांश प्रस्ताव गरी साधारणसभाबाट पारित गरेको भन्दै त्यसलाई ७ प्रतिशतमा घटाइदिएपछि अधिकारीले राजीनामा दिएका हुन् ।

राजीनामा स्वीकृत गर्नुअघि राजस्व सचिव रामशरण पुडासैनीसहितको टोलीलाई उनको राजीनामाको सम्बन्धमा विस्तृत जानकारी लिएका थिए ।
बैंकको साधारणसभाबाट प्रस्तावित लाभांश अर्थ मन्त्रालयले घटाएपछि नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका थिए।

प्रतिक्रिया