शुक्रबार बिहान ८ बजे नै आइपीओ बाँडफाँड हुने

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा राखिएको छ। 

 

कम्पनी बुधबार  प्रि Allotment सम्पन्न गरेको छ । 

बुधबार Pre Allotment गरेर बिहीबार शेयर बाँडफाँड गर्ने तयारी भए पनि अन्त्यमा शुक्रबारलाइ मितितय भएको हो  । अहिले अहिले सम्पूर्ण तयारी पूरा भएको समेत प्रबन्धकले जनाएको छ । 

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो । कम्पनीको शेयरमा माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट भयमानी लगानीकर्ता चयन गरिने छ । 

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय