• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आइतबार पनि नेप्सेमा रौनक,५० अंकले नेप्से बढ्दा ११ अर्वको कारोबार

काठमाण्डौ । आइतबार नेप्सेमा अहिले सम्मकै उच्च कारोबार १० अर्व ४४ करोड भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार मात्र होइन आज नेप्से पनि करिव ५० अंकले बढेको छ । आज लद्युवित्तका लगानीकर्ताहरु मालामाल भएका छन ।

२ सय २ कम्पनीहरुको कारोबार भएको बजारमा १ सय २५ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

हिमालयन डिष्टीलरिको आज सबैभन्दा धेरै कारोबार हुँदा करिव दूई दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ८७ हजार भन्दा धेरै पटक शेयरको कारोबार भएको छ भने १७ करोड भन्दा धेरै कित्ता शेयरको कारोबार भएको छ ।

प्रतिक्रिया