अब अडलटमा शेयर बेच्न नपाइने

काठमाडौं । नेप्सेमा शेयर कारोबार गर्नेहरूले अब दश कित्ता भन्दा थोरै शेयर बिक्री गर्न कडाइ गरेको छ । 

नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा म्युचुअल फन्डको हकमा १०० इकाई, ऋणपत्रको हकमा १ इकाई शेयरको हकमा १० कित्तालाई कारोबार इकाई मानिएको । सो कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्रलाई ‘अडलट’ र यसको कारोबारलाई अडलट कारोबार भनिन्छ । 
 
कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएमा अडलट बनाएर बिक्री गर्न नपाइने नेप्सेले उल्लेख गरेको छ । कारोबार नियम विपरीत टीएमएस तथा अफलाइन माध्यमबाट समेत अडलटमा कारोबार नगर्न र नगराउन नेप्सेले ब्रोकरहरूलाई निर्देशन दिएको छ ।

प्राय नयाँ  खुल्ने आइपीओमा यस किसिमको चलखेल भएपछि नेप्सेले यस्तो निर्देशन जारी गरेको हो । आइपीओको मूल्य छिटो माथि पुराउन थोरै कित्ता शेयर बेच्ने गुनासो बढिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय