कैलाली – घर लिप्ने माटो खन्न गएका ३ जना महिलाको ज्यान गएको छ भने बाँकी २ घाइते भएका छन् ।
घटना कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा भएको हो ।
शनिबार मध्यान्न माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा २० वर्षीया भावना वडू, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।
घाइते वर्षीया अन्जु जयगडी र काजल विकको टिकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।