चन्द्रागिरी हिल्सको आइतबारदेखि शेयर बजारमा कारोबार हुने, कति पायो त ओपनिङ रेन्ज ?

 

काठमाण्डौ–चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी आइतबारदेखि पुँजी बजारमा किनबेच हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले शेयर सूचीकरण गराएसँगै कारोबार गर्ने बाटो खुलेको हो । नेप्सेले यो कम्पनीलाई सीजीएच (ऋन्ज्) कोड प्रदान गरेको भने अन्य समुहमा समावेश गरेको छ ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९६.६९ देखि रु.२९०.०७ रेन्ज तोकेको छ । आइतबार प्रि–ओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको शेयर किनबेच भयो भने नियमित समयमा पनि कारोबार खुला हुनेछ ।चन्द्रागिरीको आईपीओ १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । जसमा २ जनाले ११ र बाँकीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए ।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।

प्रतिक्रिया