काठमाण्डौ – पछिल्लो समय एकपछि अर्को प्राथमिक शेयरको लागि आवेदन खुलिरहेका छन । जसरी आईपीओको बाडी नै आएको छ त्यसरी नै लगानीकर्ताहरु समेत थपिदै गइरहेका छन ।
धेरै लगानीकर्ताहरुलाई प्राथमिक शेयरमा आवेदन कसरी दिने समेत थाहा छैन । आज हामीले एकएक गरेर सजिलोसँग आवेदन दिन सिकाउँदै छौं ।
१.लग इन गर्ने
सर्वप्रथम हजुरहरुले आफ्नो एप या ब्राउजरबाट लगइन गर्नुहोस । लगइन गर्नको लागि आफ्नो डिम्याड रहेको बैक सेलेक्ट गर्नुहोस साथै मेरो शेयरबाट इमेल मार्फत प्राप्त आईडि र पासवर्ड हाली लग इन गर्नुहोस । मेरो शेयरको एप नहुनेहरुले https://meroshare.cdsc.com.np/#/login मा गएर लगइन गर्नुहोस ।
२.माईआस्वा
लगइन गरे पछि एउटा ड्यासबोर्ड खुल्छ । त्यहा धेरै अप्सनहरु हुन्छन । ति अप्सनहरुको फरक फरक काम रहेको हुन्छ । आईपीओ भर्नको लागि हामीलाई माईआस्वा भन्ने अप्सनमा जानु पर्छ । त्यहा गए पछि साइडमा अरु अप्सनहरु आँउछन । ति अप्सन मध्य एप्लाई फर इस्यु भन्ने अप्सनमा जाँदा अहिले खुलेका सबै विकल्पहरु देखिन्छन । त्यसमा हजुरले आवेदन दिन चाहने कम्पनी कुन हो त्यसमा एप्लाई गर्नुहोस
३.आवेदन दिने
तपाईले अप्लाईमा क्लिक गरे पछि त्यो कम्पनीको आईपीओ सम्बन्धी विवरण खुल्छ । त्यसको तल तपाईको खाता नम्वर छनौट गर्नुहोस । स्वत ब्रान्च र खाता नम्वर देखाउछ । त्यसको तल कति कित्ता आवेदन दिने हो सो लेख्नुहोस । सबै भन्दा तल CRN नम्वर लेख्ने ठाँउ हुन्छ । त्यो नम्वर हजुरलाई बैकले दिएको हुन्छ त्यो तेहा हाल्नुहोस । त्यहा एउटा कन्डिसन छ त्यसमा टिक लगाएर एप्लाई गर्नुहोस । त्यस पछि ४ डिजिटको पिन नम्वर हान्न भन्छ त्यो हान्नुहोस त्यस पछि कन्फम गर्दिनुहोस । हजुरले शेयरमा आवेदन सफलता पुर्वक दिनु भयो भन्ने सन्देश आँउछ ।