साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकम भने घट्यो

काठमाण्डौ – साताको अन्तिम दिने नेप्से ८ अंकले बृद्धिहुँदै २४ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्सेले कारोबार अवधिभर नागबेली चाल खेलेको थियो । केहि समयमा बढ्ने र केहि समयमै घट्ने कारणले गर्दा लगानीकर्ता समेत अन्योलमा परेको जस्तो देखिन्थ्यो ।

आज बजारमा २ सय कम्पनीको शेयर कारोबार भएको थियो । हिजोको तुलनामा कारोबार रकम आज भने घटेको छ । आज सात अर्व भन्दा धेरैको कारोबार भएको छ । नेपाल पुर्नविमा कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा करिव दुई दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लगातार सकारात्मक सर्किट लागेको प्रभु लाईफको आज पनि सबै भन्दा धेरै मूल्य घटेको छ । बैक क्षेत्र र फाइन्सान्स सेक्टर बाहेक अन्यको आज सूचकमा चमक आएको छ ।

आज फाइक्रोफाइनान्स क्षेत्रको सूचक सबै भन्दा धेरै बढेको छ ।

प्रतिक्रिया