• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आँउदो आइतबार चन्द्रागिरीको आईपीओ दोस्रो बजारमा कारोबार हुन सक्ने,कति होला ओपनिङ रेञ्ज

काठमाण्डौ । धेरैले चासोका साथ हेरेको चन्द्रागिरीको आईपीओ सामान्य अबस्था भएको भए आज सम्मा दोस्रो बजारमा कारोबार हुन पर्ने हो तर हुन सकेको छैन । यहि कारणले धेरैले यो विषयलाई चासोका साथ हेरिरहेका छन ।

शेयर बाँडफाँडपछि सेयर सूचिकृत गर्नु पर्ने मुख्य काम बाँकी रहन्छ । अहिले सो कम्पनीको सोहि काम भइरहेको कम्पनीले जनाएको छ । बिहिबार सम्ममा सूचिकृत भइसक्नु पर्ने भए पनि आमहड्तालका कारण सो काममा ढिलो भएको हो ।

सो कम्पनीको शेयर प्राप्त गरेका १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । जसमा २ जनाले ११ र बाँकीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए । उता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सूचीकरणका लागि सिडिएससीमा प्रकृयामा नै रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।

चन्द्रागिरी हिल्सले प्रकाशन गरेको विवरण पत्र अनुसार लेखापरिक्षण गरिएको आर्थिक वर्ष २०७५÷०७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६।६९ रुपैयाँ छ । जसका आधारमा चन्द्रागिरी हिल्सको पहिलो कारोबारका लागि न्यूनतम रेञ्ज ९६।६९ रुपैयाँ अधिकतम २९०।०७ रुपैयाँसम्म कारोबार रेञ्ज प्राप्त गर्नेछ ।

प्रतिक्रिया