काठमाडौ – यसो त नेपाल बन्द देशको लागि कुनै पनि हिसाबले सही छैन तर राजनीतिक दलहरुले बेलाबेलामा नेपाल बन्द भने गर्ने गरेका छन् ।
नेकपा आज बिहीबारको लागि नेपाल बन्दको घोषणा गरेको छ । तर गृह मन्त्रालयले भने नेपाल बन्द नरहेको सबै आफ्नो पेसा व्यवसायमा जान अनुरोध गरेको छ । गृहको यही अनुरोधलाई केहीले बन्द फिर्ता भएको भनी सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका हुन् ।
‘