काठमाडौ – मंगलबार राति धौलागिरी आसपास साथै विशेष गण्डकी प्रदेशमा भूकम्प को धक्का महसुस गरिएको छ ।
केन्द्र विन्दु मनाङमा रहेको जानकारी प्राप्त भएको छ । मंगलबार राती ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र वरिपरि रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।