कोरोनाका कारण थप एकजनाको मृत्यु, १७१ संक्रमित थपिए

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३० पुगेको छ ।

गएको चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ४०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया