• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबार पनि नेप्सेमा हरियाली,६५ अंकले बजार बढ्दा काराेबार रकम घट्यो

काठमाण्डौ – मंगलबार नेप्से ६५ अंक भन्दा धेरैले बृद्धि भएको छ । नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनाम घटेको छ ।

आज नेप्सेमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । बजार २४ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ । हिजो बढेको होटल सूचक आज भने घटेको छ । नेप्सेका अन्य उपसुचक भने पुरै हरियो भएको छ ।

बजारमा कारोबार भएका २ सय कम्पनीहरुमा १ सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज कारोबार रकम ८ अर्व २७ करोड माथि पुगेको छ । त्यस्तै १६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल पुर्नविमा कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ भने ओरियन्ट होटलको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

प्रतिक्रिया