• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

यसै साता चन्द्रागिरीको शेयर सूचिकृत भएर दोस्रो बजारमा कारोबार हुने

काठमाण्डौ – केहि समय आईपीओ सार्वजनिक गरेर लगानीकर्ता बाट पैसा उठाएका दूई कम्पनीहरु चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर सूचिकृत र दोस्रो बजारमा कारोबारको लागि प्रक्रियामा रहेका छन ।

धेरै लगानीकर्ता भएका कारण पनि यि कम्पनीका शेयरमा सबैको चासो रहदै आएको छ । निफ्राको सेयर नेप्सेमा सूचीकरणका लागि सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटले प्रक्रिया अघि बढाइसकेको छ । ग्लोबल आईएमई क्यापिटलले पनि आवश्यक कागजात प्रक्रिया सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेको जनाएको छ।

त्यस्तै चन्द्रागिरी हिल्सको सेयर सूचीकरणका लागि भोलि मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्झौता हुन गइरहेको सेयर निष्कासन र सेयर रजिस्ट्रारको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

निफ्राले ७ करोड ५८ लाख ४० हजार कित्ता र चन्द्रागिरीले १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको छ। यी दुवै कम्पनीका सेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया