असार महिनाको पहिलो दिन शेयर बजार राताम्य

काठमाडौं - असार महिनाको पहिलो दिन नेप्सेमा फेरी पहिरो गएको छ । साताको चौथो दिन शेयर बजार राताम्य भएको हो ।

बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार नेप्सेमा भारी गिरावट आउदाँ नेपाल दुरसञ्चार कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १२ करोड ५७ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिस्टलरीको ५ करोड २८ लाख ३४ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख ९५ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ४ करोड ४१ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय