भारतले नेपाललाई दिने अनुदान बढायो

काठमाडौं–भारतले नेपाललाई दिने अनुदान रकम बढाउको छ । यो वर्ष भारतले पौने १६ अर्ब रुपैयाँ अुनदान दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको २०२१÷२०२२को बजेटमा ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन् । नेपाली रुपैयाँमा परिणत गर्दा १५ अर्ब ८७ करोड रुपैयाँ हुन्छ ।
भारतले पोहोरको तुलनामा यो वर्ष अनुदान बढाएको छ । पोहोर ८ अर्ब ८० करोड भारु अनुदान दिएको थियो । गत वर्षको तुलनामा १ अर्ब १२ करोड भारु बढाएको हो ।

प्रतिक्रिया