राधी जलविद्युतको राइट शेयर निष्कासन गर्ने बाटो खुल्यो

काठमाडौं - नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज साउन ९ गते हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले १ः१.४७ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०।९९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

विद्युत नियमन आयोगले बैशाख १९ गते कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय