• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नागरिक लगानी कोषमा शेयर आवेदन दिने आज अन्तिम दिन

काठमाडौं–नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई खुलाएको हकप्रद शेयर भर्ने आज अन्तिम दिन हो । नागरिक लगानी कोषका शेयरधनीले आज (१९ गते)सम्म आवेदन दिन पाउँछन् ।

कोषले गत पुस २८ गतेदेखि हकप्रद शेयरमा आवेदन निष्कासन गरेको थियो । कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

कोषले १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको थियो । पुस १३ गतेसम्म कोषको शेयर कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्छन् ।

कोषका शेयरधनीले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया