१० अर्ब रुपैयाँको विकास ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं–सरकारलाई आन्तरिक ऋण उठाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋण पत्र बिक्री खुलाउने भएको छ । राष्ट्र बैंकले १० अर्बको ६ वर्षे ‘विकास ऋणपत्र, २०८३ ग’ बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

ऋणपत्र खरिदका माघ २० गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । यो ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले खरिद गर्न सक्नेछन् ।

यसरी पेस गरिएको बोलपत्र माघ २१ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । खरिदकर्ताले न्यूनतम ५० हजार देखि सो ले निषेश भाग जाने गरी कुल निष्कासित रकमका लागी आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको सावाँ २०८३ माघ २१ गते भुक्तानी दिने केन्द्रिय बैंकले जनाएको छ । यो ऋण पत्र धितोमा राखी कर्जा समेत लिन सक्नेछन् ।

राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी विनियोजन गरेको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न पाउने छन् । ऋणपत्रका लगानीकर्ताले प्रतिफलको रुपमा कति ब्याजदर पाउछन् भन्ने बोलकबोल निष्काशनपछि तय हुने छ । व्याज अर्धबार्षिक रुपमा भुक्तानी हुनेछ ।

प्रतिक्रिया