महिला लघुवित्तको आईपीओ निष्कासन गर्ने मिति तय

काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि आईपीओ जारी गर्ने मिति तय भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेबाट साधारण सेयर जारी गर्ने भएको हो । लघुवित्तको सेयरमा फागुन २ गतेसम्म आवेदन दिन पाइन्छ ।

महिला लघुवित्तले चार करोड रुपैयाँको शेयर जारी गर्न लागेको हो । त्यसमा सर्वसाधारणका लागि भनेर कुल ३ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको जारी पुँजी १० करोड छ । १०० रुपैयाँ दरको सेयरमध्ये ५ हजार कित्ता आफ्ना कर्मचारीलाई छुट्याएको छ । अर्को २० हजार कित्ता सामूहिक लगानी कोषलाई दिने व्यवस्था छ ।

बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढीमा एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया