खोप लगाएका ५५ स्वास्थ्यकर्मी गम्भीर बिरामी

काठमाडौँ – नेपालमा अहिले भारतले दिएको अनुदानको खोप लगाईदै छ । स्वास्थ्य कर्मी र अग्रपंतिमा काम गर्नेहरू यो खोप लगाउनेको सूचीमा छन् ।

90 प्रतिशत प्रभावकारी मानिएको यो खोप लगाए पछि केही चिकित्सकहरु मा गम्भीर स्वास्थ्य समस्या आएको खबरहरु आइरहेका छन।

कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेपछि सबैलाई चिन्ताको विषय भएको छ ।

सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केहीमा स्वास्थ्य मसस्या देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार १४ गते खोप लगाएका १५५ जनामध्ये ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी बिरामी परेका छन् । तर उनीहरुलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।

धेरैजसोमा ज्वरो आउने समस्या देखिएको छ । केहीले बोल्न पनि कठिन भइरहेको बताएका छन् । बुधबार र बिहीबार लगाएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।

बैठकमा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको जानकारी दिएका थिए।

प्रतिक्रिया