काठमाडौं–कोभिड–१९ विरुद्धको खोप भारतले दिएपछि चीन सरकारले पनि सघाउने भएको छ । चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा दिने जनाएको छ । नेपालस्थित चिनिया दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी तीन लाख खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।
चीन भित्रसमेत कोरोनाविरुद्धको भ्याक्सिनको माग उच्च रहेको बेला नेपाललाई भ्याक्सिन दिने निर्णय गरेको गरको हो । दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भईरहेको जनाएको छ। चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको हो ।