• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

स्वार्थ समूहले बजार घटाएपछि सेबोनले भन्यो – हल्लाको पछि नलाग्नुहोस

काठमाण्डौ । केहि सञ्चार माध्य र सामाजिक सञ्जालमा बजार घट्ने गरि नकारात्मक हल्ला फैलाएको प्रति नेपाल धितोपत्र बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

साथै सेवनले यस्ता हल्लाका पछि नलाग्न पनि लागानीकर्ताहरुलाई अनुरोध गरेको छ । बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै पुरानै व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई गरिएको परिपत्रलाई तोडमोड गरी भ्रम फैलाइएको निश्कर्ष निकालेको हो ।

ुविभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्थाअनुरुप नै लगानी गर्न अनुरोध गर्दछौं ।

पछिल्लो समय शेयर बजारमा केहि परिर्वतन आएको भनि केहि मिडिया र सामाजिक सञ्जालमा भ्रम फैलाईएको थियो । यसको असर स्वरुप आज बजार ५४ अंकले घटेको थियो ।

प्रतिक्रिया