• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेमा अर्ध सतकको पहिरो,कारोबार रकम ८ अर्व माथि

काठमाण्डौ । साताको पहिलो दिने नेप्से ५४ अंक भन्दा धेरै अंकले घटेर २३ सय ७० विन्दुमा आएको छ ।

आज कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर मूल्यमा गिरावट आए पनि कारोबार रकम भने ८ अर्व २६ करोड माथि पुगेको छ ।

२ सय ४ कम्पनीहरुको करोबार भएकोमा १० कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ६१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज १ कम्पनीको मात्र शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । प्रभु लाईफको आज शेयर मूल्य सबै भन्दा धेरै बृद्धि भएको हो । नेपाल लाईफको सबै भन्दा धेरै कारोबार हुँदा रिलायन्स फाइनान्सका शेयर धनिले सबैभन्दा धेरै गुमाएका छन ।

आज नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिएको छ ।

प्रतिक्रिया