• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटीमा आईपीओ भर्ने समय थप

काठमाण्डौं–आम सर्वसाधारणका लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) भर्ने समय थप भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ भर्ने म्याद थप गरिएको छ ।

आईपीओमा मागबमोजिम आवेदन नपरे पछि फागुन ३ गतेसम्म म्याद थप गरिएको आईपीओ निष्कासन तथा बिक्रीकर्तामा मेगा क्यापिटलले जनाएका थियो । हाइड्रोले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । १०० रुपैयाँअंकित दरका कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
सिंगटीले कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । स्थानीयले भरेपछि दोस्रो चरणमा आम सर्वसाधारणकालागि फेरी आईपीओ जारी गर्ने आयोजनाको योजना रहेको छ ।

स्थानीयले दोलखाको सिंगटीस्थित सेन्चुरी कमर्सियल बैंक, कालिञ्चोक गाउँपालिका वडा नं. २, दोलखास्थित सिंगटी हाइड्रोको कार्यालय, सिंगटीस्थित नेपाल बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन् ।

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया