शेयर बजारमा हुने चलखेल रोक्न राष्ट्र बैंकको ‘नयाँ एक्सन’

काठमाडौं–शेयर बजारमा हुने चलखेल रोक्न नेपाल राष्ट्र बैंकले नयाँ नियम बनाउने भएको छ । बैंक तथा वित्तीय संस्थालाई लघुवित्त (माइक्रोफाइनान्स)को दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न रोक लगाउने तयारी गरेको छ ।

बैंकहरुले चलेखल गरेर मिलेमतोमा सेयर खरिद बिक्री गरेर माईक्रोफाइनान्सको सेयर मूल्य प्रभावित गर्दै आएको राष्ट्र बैंकको आशंका थियो । यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बैंकहरुलाई दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न रोक लगाउने तयारी गरेको छ ।

अहिलेसम्मको व्यवस्था अनुसार क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुबीच दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न बन्देज छ । बैंकहरुले लघुवित्तको शेयर खरिद गर्न पाउँछन् । आफुले लाईसेन्स जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुबीच संस्थापक सेयरमा लगानी भएपनि दोस्रो बजारमा भने लगानी गर्न रोक लगाउन भएको छ ।

प्रतिक्रिया