काठमाडौं–भारतका विभिन्न स्थानमा बर्डफ्लूले असर पु¥याइरहेको अवस्थामा नेपालमा पनि बर्डफ्लू भेटिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकामा हाँस र टर्कीमा बर्डफ्लू पुष्टि भएको हो ।
भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा बर्डफ्लू देखिए पछि मन्त्रालयले भारतसँग सीमा जोडिएका तराईका विभिन्न क्षेत्रमा उच्च सतर्कता आपनाउन आग्रह गर्दै आएको थियो । मन्त्रालयले आफू मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको भए पनि काठमाडौंमा देखिएको थियो ।
मन्त्रालयले वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, काँकडभिट्टा,कृष्णनगर,कैलाली र गड्डाचौकी नाकामा उच्च सकर्तकता अपनाउन निर्देशन दिएको छ ।