खेलाडीको लागि प्रोत्साहन भत्ताको चाँडै व्यवस्था गर्छौ – खेलकुद मन्त्री लामा

काठमाडौ – युवा तथा खेलकुद मन्त्री दावा लामाले खेलाडीको लागि प्रोत्साहन भत्ता दिनको लागि प्रकृया अगाडि बढेको बताउनु भएको छ ।

शनिबार ललितपुरको मान भवनाम आयोजित अन्तर ब्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्दै लामाले सो कुरा बताउनु भएको हो । आफूले मन्त्रीको सपथ खाएसंगै खेल क्षेत्रको विकासमा लागिपरेको उहाँको भनाइ छ ।

खेल र खेलाडीको विकासको लागि मान भवन ब्याडमिन्टन क्लब ललितपुरले माघ १७ देखि फागुन १ गरे सम्म आन्तरिक खेलाडीको लागि प्रतियोगिता आयोजना गरेको छ ।

सो प्रतियोगिता आयोजक समितिका संयोजक भिभोर लामाका अनुसार यस्ता प्रतियोगिताले खेलाडीको हौसला र खेलको स्तर बृद्धि गर्ने बताउनु भयो । साथै उहाँले खेल र खेलाडीको सम्मान गरे मात्र खेल खेल्ने खेलाडीहरू राम्रो प्रस्तुती दिने सक्ने बताउनु भयो । विश्व सामु नेपाललाई चिनाउनका लागि खेल महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

कार्यक्रम क्लब का अध्यक्ष राकेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो क्लब एक दशक पहिलाबाट स्थापना भए पनि यो वर्ष मात्र विधिवत दर्ता भएको थियो ।

यो क्लवमा दर्जनौं सदस्य र खेलाडीहरूको आबद्धता रहेको छ ।

प्रतिक्रिया