महिला पुजारी नियुक्त भएपछि सहनशीलाको चर्चा

काठमाडौं–गुठी संस्थानले असनको एक मन्दिरमा महिला पुजारी नियुक्त गरेको छ । सहनशीला शर्मा झालाई असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पूजारीमा नियुक्त गरेको हो । महिलालाई पुजारी नियुक्त गरेपछि सहनशीलाको सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । उनलाई बधाईको ओइरो लागेको छ ।

अधिकांश मन्दिरमा पुरुष पुजारी नियुक्त हुने प्रचलन भए पनि महिला पुजारी नियुक्त भएपछि चर्चा भएको हो । करिब दुई दशक पत्रकारिता क्षेत्रमा बिताएकी ४८ वर्षीया सहनशीला आफ्नो पेशा परिवर्तन गरेर पुजारी बनेकी हुन् ।

गुठीले उनलाई एक वर्ष परीक्षणकालमा रहनेगरी बढीमा पाँच वर्षका नियुक्त गरेको हो । पूजारीका रूपमा उनले गर्ने नित्य तथा पर्वपूजावापत खर्च पाउने पनि गुठीले जनाएको छ । सहनशीलाले अब असनमा अन्नपूर्ण नारायण गुठीअन्तर्गतका वार्षिक पूजाहरू गर्नुपर्छ ।

प्रतिक्रिया