कोरोना खोप लगाएका एक जना गम्भीर विरामी

काठमाण्डौ । कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एक जनामा गम्भीर समस्या देखिएको छ । कर्णाली प्रदेश स्वास्थय सेवा निर्देशनालयले सूचना जारी गर्दै अन्य ६ जनामा सामान्य समस्या देखिएको बताएको छ ।

गम्भीर समस्या देखिनेमा प्रदेश अस्पताल, सुर्खेतमा खोप लिने निर्देशनालयका कर्मचारी रहहनु भएको निमित्त निर्देशक डाक्टर रविन खड्काले जानकारी दिनुभयो । यस अस्पतालमा अन्य ४ जनामा भने सामान्य समस्या देखिएको बताइएको छ ।

यसैगरी मेहेलकुना अस्पतालमा १ जना, डोल्पा अस्पतालमा २ जनामा समस्या देखिएको हो ।

समस्या देखिएकामा शरिरमा डाबर आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी आउने र कमजोर महसुस हुनेजस्ता समस्या देखिएको डाक्टर खड्काले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय