• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड,करिब ५ लाख भाग्यमानीले पाए ६० कित्ता शेयर

काठमाण्डौ । सबैको चासोको विषय बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयरको आज एक कार्यक्रमका विच बाँडफाँड भएको छ ।

शुक्रबार विहान दश बजे शेयरको बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।
त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् । भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापटलले जनाएको छ ।

प्रतिक्रिया